• २०८१ फागुन १ बिहीबार

कवि शिरोमणि पौड्यालको गजल ‘हे मातुभूमि’ सार्वजनिक

काठमाडौंँ–

कवि शिरोमणि लेखनाथ पौड्यालको गजल ‘हे मातुभूमि’ गजल गायनका रुपमा सार्वजनिक भएको छ । गजल गायनमा संगीतकार तथा गायक सन्तोष श्रेष्ठले सङ्गीत तथा स्वर दिएका छन् ।

शनिबार सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा नेपाली शिक्षा परिषद्ले गरेको कार्यक्रममा सङ्गीतकार श्रेष्ठ सहित साहित्यकार डा.कृष्णहरि बराल, प्राध्यापक रमा शर्मा, त्रिभुवन विश्वविद्यालय संगीत विभागका पूर्वप्रमुख संगीता प्रधान, भिडियो निर्देशक हेम प्रभास लगायतकाले गजलको श्रव्य÷दृश्य सामग्रीको सार्वजनिक गरेका हुन् ।

‘हे मातुभूमि’ गजल गायनमा वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, संगीत संयोजन तथा ध्वनि मिश्रण राजु कार्की र राज पोखरेलको छायांकन रहेको छ । गजल विधामा नै विद्यावारिधि गरेका बराल र शर्मा लगायतकाले पौड्यालको गजल रचनागर्भबारे धेरैलाई थाहा नभएको सुनाए ।