• २०८३ बैशाख १०, बिहीबार

दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार जयराज आचार्यलाई

काठमाडौं ।

यस वर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार डा. जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अज्र्याल स्मृति केन्द्रको हालैको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले बताए ।

पुरातत्त्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक शुकदेव उपाध्याप र कोष संस्थापक राजेन्द्रप्रसाद अर्याल सदस्य रहेको समितिले कूटनीतिज्ञ एवं शिक्षासेवी आचार्यलाई पुरस्कर प्रदान गर्ने निर्णय गरेको हो । ५० हजार राशिको यो पुरस्कार यही चैत १३ गते प्रदान गरिने बताइएको छ ।