सिमसिम वर्षा हुँदा सम्झेको छु मैले
परदेशी याद आउँदा बुझेको छु जैले
सिमसिम वर्षा हुँदा सम्झेको …
जेठ महिना धेरै गर्मि असारमा झरी पर्ला
छोरा छोरीको झझल्को छ कतातिर सर्ला
धानखाने मुसा भए मकै खान्छन् घुनले
बुढेसकाल लौरो साथी काम छैन गुणले
माया गर्छन् कुनले ?
सिमसिम वर्षा हुँदा सम्झेको …
पुर्खौली धर्म मान्ने भुली सके आफन्तले
पाएसम्म लुट्न खोज्छन धनि सामन्तले
मुग्लानी छन् छोरा नाति याद आउँछ धेरै
दुःख सूख सम्झेको छु आस छाउँछ मेरै
यो संझना घेरै ।।
सिमसिम वर्षा हुँदा सम्झेको …
मोहन आचार्य जलद, बेलायत
[email protected]