• २०८१ श्रावाण ४ शुक्रबार

दुबईमा ‘कविता समारोह’ सम्पन्न

काठमाडौँ  सगरमाथा साहित्य प्रतिष्ठान युएईको आयोजना तथा सिर्जना वाचन डबली युएई र इन्स युएईको सह आयोजनमा सोमबार युएईको दुबईमा ‘कविता समारोह’ सम्पन्न भएको छ । पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा छायाँदेवि पराजुली र चेतनाथ पराजुली विशिष्ट अतिथिको रूपमा रहनु भएको थियो । इजरायलमा कार्यरत सुनिता राईको नवीन कृति ‘तिउरी’ र वसन्तराज अज्ञातको ‘साँझको जून’ युएईमा लोकार्पण गर्दै शुरु भएको कार्यक्रममा प्रवास र नेपालमा रहेर नेपाली साहित्यको उत्थानमा लामो समयदेखि सक्रिय सर्जकहरू जे. सागर, विवेक दुलाल, जीरन थुलुङ, सुमित्रा सुमी, लिली अधिकारी, कुसुम नेपाली दीपराज नियोङहाङ लगायतलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाकी उपाध्यक्ष सरु शीतल राईको सभापतित्वमा सम्पन्न भएको थियो ।