बनेपा ।
काभ्रेको पाँचखाल, ६ ढुंगानावेँशीका नव प्रतिभा माद्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सुप्रिया नेपालको आवाजमा पहिलो साङ्गीतिक कोसेली ‘उज्यालो हेर्नु छ’ सार्वजनिक गरिएको छ ।
घटस्थापनाको अवसर पारेर विद्यालयको बिहानी प्रार्थना सभामा प्रिन्सिपल सरोज न्यौपानेद्वारा बिहिबार सार्वजनिक गरिएको हो । विगत दुई दशक लामो समय देखि गीति लेखन क्षेत्रमा सकृय गीतकार सिन्धुलियन गुराँसले शब्द रचना र लय सृजना गरेको उक्त गीतमा वाध्य संयोजन मित्र भोछिभोया (Gloomy Guys) र रेकर्डिस्टको भूमिकामा शुक्र लाल दोङ रहेका छन् ।
गीत सङ्गीत मनोरञ्जनको माध्यम मात्र होइन, यो त सभ्यता, संस्कार र चेतनाको दियो भएको प्रिन्सिपल न्यौपाने भन्छन् भोलि कस्तो समाज वा राष्ट निर्माण गर्ने भन्ने सन्दर्भमा आजका बालबालिकालाई हामीले कसरी तयार पार्दैछौ भन्ने कुराले ठूलो महत्त्व राख्छ । विद्यालयले परिवर्तित समय सँगै अल्मल्लिएका नयाँ पुस्ताका पाइलालाई सार्थक मार्ग निर्देशन गर्न सक्नुपर्ने प्रिन्सिपल न्यौपाने बताउछन् । यो गीत एक असल शिक्षकको अपेक्षा र कर्मठ विद्यार्थीको प्रतिवद्धता कथा टिपेर उनिएको गीत भएको र यो गीत हरेक विद्यालय सम्म्म पुगोस र प्रत्यक शिक्षक विद्यार्थीको सामुहिक गीत बन्न सफल होस भन्ने कामना सर्जक गुराँसको रहेको छ ।
उक्त गीत uLtSindhuliyan Gurans Youtube Channel मार्फत हेर्न र सुन्न सकिने कुरा प्रिन्सिपल न्यौपानेले जानकारी गराएका छन् ।