• २०८२ चैत्र ४, बुधबार

योगप्रसादको अनुवाद कृति ‘ह्यामलेट’ सार्वजनिक

काठमाडौँ ।

स्रष्टा योगप्रसाद उपाध्याय चापागाईंको अनूदित कृति ‘ह्यामलेट’ लोकार्पण भएको छ । बागबजारस्थित भुँडीपुराण प्रकाशनको कार्यकक्षमा कृतिको लोकार्पण गरिएको हो । भुँडीपुराण प्रकाशनको निर्देशक केशव पराजुली, वरिष्ठ आख्यानकार अविनाश श्रेष्ठ, आख्यानकार भागिरथी श्रेष्ठ लगायतले कृतिको लोकार्पण गरेका हुन् । सडक लोकार्पण तथा कोठे लोकार्पण नाम दिइएको उक्त कार्यक्रम छुट्टाछुट्टै ठाउँमा भएको हो ।

लोकार्पणमा कृष्ण धरावासी, मञ्जु विमली, कृषक नेता तथा स्तम्भकार हरि श्रेष्ठ, श्रीराम राई, हरि पौड्याल लगायतको उपस्थिति थियो । योगप्रसाद उपाध्याय चापागाईं सात विश्वकथाको कथासंग्रह ह्यामलेट ७२ पृष्ठको छ। सात विश्वकथा ह्यामलेट (विलियम सेक्सपियरको ह्यामलेट नाटकको नेपाली कथारुपान्तर), इस्माइल शेखको खोजीमा (होमेन बरगोहाञीँको असमिया कथा), मुस्कान र माया (डा. पद्मा शर्माको हिन्दी कथा), हकको जग्गा (गीताञ्जली श्रीको हकको जग्गा हिन्दी कथा) र मुन्शी प्रेमचन्दका हिन्दी कथाहरू, वनमान्छेको दर्दनाक कथा, दक्षिण अफ्रिकामा बाघको शिकार र बाघको छाला कथा सङ्गृहीत छन् ।

प्रिन्ट सप नेपाल इन्टरप्राइजेज, न्यू प्लाजा, काठमाडौंले मुद्रण गरेको उक्त कृति ह्यामलेट बजारमा ल्याएको हो । लोकार्पित कृतिको मूल्य १ सय एकचाल्लिस रहेको छ ।