• २०८२ फाल्गुन २९, शुक्रबार

चेतन काफ्लेका दुई मुक्तक

चेतन काफ्ले

चेतन काफ्ले

 

घरको वास्तु पनि हेर्नु है,कहां–कहां झ्याल छन्,
कसी घोट्ने बेला यही हो,कहां–कहां प्वाल छन् ।
प्रतिपक्षको जुम्रा केलाउने उपयुक्त समय यही हो,
कहां सुत्छ,बस्छ अनि खाने कस्ता थाल छन् ।

फरक विचार राख्ने सबै, दलालझै लाग्छन्,
आफै मात्र सत्य ठान्ने,त्रिकालझै लाग्छन् ।
मानिसको स्वभावै कस्तो ?सोध्न मनलाग्छ,
आफू बाहेक अरु सबै,बेतालझै लाग्छन् ।


चेतन काफ्ले