• २०८२ फाल्गुन ६, बुधबार

सम्बन्ध र पैसा

केवरा भट्टराई

केवरा भट्टराई

धेरैलाई लाग्छ
पैसाले केही फरक पार्दैन सम्बन्धमा
माया भए पुग्छ
विश्वास भए संसार अडिन्छ !

तर साथी
एकपटक वास्तविकतामा बाँचेर हेर
सुन्दा मिठा लाग्ने शब्दहरू
भोग्दा भने
काँडा बन्छन्

जब अभाव हुन्छ
आवाजको तौल पनि हलुका हुन्छ
बोलाइको मूल्य घट्छ
र…
उपस्थितिको अर्थ
शून्यमा झर्छ !

दुःखमा खबर सोध्नेहरू
औँलामा गन्न सकिने हुन्छन्
तर खुसीको दिन
आँगन नै साँघुरो हुन्छ !

पैसाले नाताको नक्सा कोर्छ
को नजिक
को टाढा
सबै अदृश्य हातले लेख्छ !

तर…
सबै कुरा पैसाले जित्दा जित्दै पनि
एकान्त रातमा
जब आँखा आफैँसँग कुरा गर्छन्
त्यहाँ नोटको आवाज हुँदैन
त्यहाँ त सम्झनाहरू बोल्छन्
अभावको पीडा
मनभित्रै चिच्याउँछ र आशाका सपनाहरू उम्रन्छन्

त्यस बेला थाहा हुन्छ
धनले घर बनाउन सक्छ
तर घरलाई न्यानोपन दिन सक्दैन
धनले भीड जुटाउन सक्छ
तर साँचो साथ
किन्न सक्दैन र पनि
आवस्यकता त्यसकै छ !

साथी…
जीवनमा यदि तिम्रो
त्यस्तो छ कोही
जसले खाली हात हुँदा पनि
तिमीलाई छोडेन

त्यो सम्बन्ध सम्हालेर राख्नु
किनकि संसारको सबैभन्दा धनी
त्यही मान्छे हो
जसको साथमा
साँचो मन हुन्छ
पैसा र सम्बन्ध भन्दा पर भरोसा हुन्छ !!


केवरा भट्टराई, काठमाडौँ ।