समाचार
काठमाडौँ ।
फुजिनोमिया एशोशियशन फर इन्टरनेसनल रिलेशनसले जापानको शिजुओका प्रान्तको फुजिनोमिया महानगरपालिकाको भवनमा दुई कार्यक्रम गरेको छ । जापानमा ४ दशकदेखि बस्दै आएका प्राध्यापक इञ्जिनियर नरेश महर्जनले नेपाल र जापान दुई देशको सुमधुर द्वैत्य सम्बन्ध गाँसेको ७० वर्ष पुगेको उपलक्ष्यमा दुई देशको सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामनासहित राष्ट्रभावले प्रेरित म्यूजिक भिडियो ‘यो मन त जहाँ गए नि’ सार्वजनिक भएको छ ।
‘यो मन त जहाँ गए नि’ म्यूजिक भिडियोमा राजेश हमालले मुख्य भूमिका निर्वाह गरेका छन् । प्रड्युशर स्वयं प्रो नरेश महर्जन हुन् । फुजिनोमिया महानगरपालिकाका प्रमुख हिदेताडाको अध्यक्षतामा नेपालको नेवाः साहित्यकार रिता महर्जन ऋतुको जापान भ्रमणको सिलसिलामा नेपाल भाषामा लेखिएको म्हंगसय् खनागु देय् नियात्रासंग्रह पनि लोकार्पण भएको छ । कार्यक्रममा मेयर हिदेताडा तथा महानायक राजेश हमालले कृतिको लोकार्पण गरेका हुन् ।
फुजिनोमिया एशोशियशन फर इन्टरनेसनल रिलेशनस् संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा मेयर हिदेताडा सहित मन्त्री, सांसद् तथा उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा सार्वजनिक भएको म्यूजिक भिडियो युट्युबमा हेर्न सकिने प्रड्युशर नरेश महर्जनले बताए ।
