• २०८३ श्रावण ३१, आईतवार

तिलस्मी रूप

बसन्त चौधरी

बसन्त चौधरी

रविको स्वर्णिम किरण
जब तिम्रो मुहारमा ठोक्कियो
फैलिएर दीप्ति रङ्गीन बन्यो किरण
देखेर त्यो अद्भुत दृश्य
चकित बनेर सूर्य पनि
रोकिए एकैछिन

देखेर तिमीलाई
पत्थर मात्र भएनन् मेरा नयनहरू
बिर्सियो सासले आउन–जान
धड्किरह्यो हृदय केवल
विचलित बने हाउभाउहरू

फर्कन मानेन दृष्टि
मुहारको आभाबाट
र त्यही अडिरह्यो
एकातिर तिमी
अर्कातिर
बिहानको स्वर्णिम किरणको माझ

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)