English Poem

रविको स्वर्णिम किरण
जब तिम्रो मुहारमा ठोक्कियो
फैलिएर दीप्ति रङ्गीन बन्यो किरण
देखेर त्यो अद्भुत दृश्य
चकित बनेर सूर्य पनि
रोकिए एकैछिन
देखेर तिमीलाई
पत्थर मात्र भएनन् मेरा नयनहरू
बिर्सियो सासले आउन–जान
धड्किरह्यो हृदय केवल
विचलित बने हाउभाउहरू
फर्कन मानेन दृष्टि
मुहारको आभाबाट
र त्यही अडिरह्यो
एकातिर तिमी
अर्कातिर
बिहानको स्वर्णिम किरणको माझ
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)