• २०८२ माघ २५, आईतवार

१९औँ त्रिमूर्ति दिवस कार्यक्रम सम्पन्न

काठमाडौं ।

अग्रज साहित्यकार माया ठकुरीले त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यको श्रीवृद्धिका निम्ति अपरिमेय योगदान भएको बताएकी छन् । १९औँ त्रिमूर्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

साहित्यकार ठकुरीले त्रिमूर्ति निकेतनले प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन गरेको स्मरण गरिन् । विश्व नारी नेपाली साहित्य सम्मेलनसम्म गरेर निकेतनले उल्लेखनीय योगदान पुरयाएको उनले बताइन् ।
कार्यक्रममा कवि गोपाल पराजुलीले कविता वाचन गरे । कार्यक्रममा निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाई, सदस्यसचिव नरेन्द्रराज प्रसाई, सुरेशजंग शाह, प्रा. केशव सुवेदी र मदनदास श्रेष्ठले आफ्ना धारणा राखे ।