आमा भएको बेला
आकाश आकाश मात्र थियो
चन्द्रमा चन्द्रमा मात्र
ताराहरू ताराहरू मात्र
र धर्ती धर्ती मात्र थियो
आमा जानुभएपछि खस्यो
मेरो घरको छानो
त्यहीँबाट हेर्छु टोलाउँदै
साँझपखको आकाश
आमाको रातो टीका लाग्छ चन्द्रमा
ताराहरू उहाँका उज्याला आँखाहरू
बादलका सेता भुवाहरू उहाँका आशीर्वादहरू
आकाशको फैलावट नापेर नसक्नुको छ !
त्यो अनन्त छ
र ओर्लंदै आएर धर्तीभरि पनि फैलिएको छ
आमा गएपछि
आकाश आमा भएको छ ।
(भीष्म उप्रेती चर्चित कवि तथा साहित्यकार हुन् ।)
[email protected]