वसन्तवेला
काठमाडौँ ।
गायक मदन ढकालले नयाँ गीत सार्वजनिक गरेका छन् । गायक मदनसँगै दिपिका बयम्बु मगरको स्वरमा मुग्लिङ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायक मदनकै शब्द छ भने कम्पोज घनश्याम खत्रीको छ । एरेन्ज आशिष अविरलले गरेका हुन् ।
गीतको भिडियोमा चर्चित चार कलाकारको दमदार नृत्य देख्न सकिन्छ । मोडल सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता), जुनु एसडीको अभिनय छ भने गायक मदन स्वमले पनि अभिनय गरेका छन् । सागर, हरिश र जुनुको दमदार नृत्यले भिडियो आकर्षक बनाएको छ । जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियो दिनेश पराजुलीले खिचेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका हुन् ।
गीतबारे गायक मदन भन्छन्, ‘यस पटकको गीत डान्सिङ हो, सबैको मनमा बस्नेछ भन्नेमा ढुक्क छौं, सबैको मिहिनत उत्तिकै छ र भिडियोमा कुनै कमी हुन दिएका छैनौं, सायद दर्शक, स्रोताले अडियो र भिडियोमा कुनै कमी पाउनु हुन्न होला ।’ गीतको भिडियो बले इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
