• २०८१ फागुन ३ शनिवार

बोनुको अ गर्ल अन दी बाइसाइकल: ‘फ्रम स्लेभरी टू ग्रेस इन नेपाल’ पुस्तक सार्वजनिक

काठमाडौँ ।

क्यानेडेली अभियन्ता मिसेल बोनुको पुस्तक ‘अ गर्ल अन दी बाइसाइकल: फ्रम स्लेभरी टू ग्रेस इन नेपाल’ मंगलबार काठमाडौंमा एउटा कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रममा नेपाललाई आफ्नो दोस्रो घर बताउने मिसेलले पुस्तकमा आफ्नो जीवन वृत्त, अनुभव र अभियानको विवरण समेटिएको बताइन् ।

पुस्तकमा देउखुरीका कमलरी किशोरीहरूको दासतादेखि नेतृत्वसम्मको यात्रा पनि समेटिएको छ । नुरा बस्नेतले सञ्चालन गरेको कार्यक्रममा शिव पौडेल, निसा केसी, प्रह्लाद ढकाल र दीनेशराज सापकोटाले मिसेलको प्रेरक जीवनवृत्तमा प्रकाश पारेका थिए । मिसेलको जीवनका संघर्षका प्रसंगहरू युवा पुस्ताका लागि प्रेरणादायी हुने विश्वास वक्ताहरूले व्यक्त गरेका थिए ।