• २०८२ फाल्गुन ६, बुधबार

उपन्यास ‘डु यु स्टील लभ मी’ लोकार्पण

काठमाडौं ।

गणेश सन्ज्यालको अंग्रेजीमा लेखिएको उपन्यास ‘डु यु स्टील लभ मी ‘ को लोकार्पण भएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ,छविरमण सिलवाल,डा.कमल देवकोटा,केशव पराजुली,प्रदीप सापकोटा, कास्मिरा सन्ज्याल ,स्रष्टा गणेश सन्ञ्याल लगायतले उक्त कृति लोकार्पण गरे ।

भुँडीपुराण प्रकाशनद्धारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि ‘रोदन’ले कुनैपनि साहित्यकारमा चूनौतिको सामना गर्ने सामथ्र्य हुनुपर्ने बताउँदै नयाँ पुस्ताले चाह्यो भने साहित्यमा स्थापित हुन गाह्रो नहुने बताए । तर यसको लागि साधना अनिवार्य भएको पनि उनले बताए । निरन्तर साधनाले गन्तव्यमा पुगिने भन्दै उनले साहित्यमा स्थापित हुन धेरै साधनाको आवश्यकता रहेको बताए ।

सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कृतिकारलाई बधाई दिंदै सहयोग गर्न तयार भएको बताए । कृतिमाथि टिप्पणी गर्दै डा.देवकोटाले भने –‘यो यस्तो कृति हो जसलाई जुन धारबाट हेरेपनि हुन्छ । नयाँ पुस्ताले बोल्ने भाषामा कृति रहेको छ ।’ पुस्तकले म नै यस पुस्तकको पात्र हुँ भन्ने भावना वोकेको बताए । नयाँ पुस्ताले अंग्रेजीमा यति सुन्दर ढंगले लेख्नसक्नु नै कृतिकारको सफलता भएको बताए ।भोगाइलाई भावनाको गहिराइमा पुगेर कृति लेखिएको पनि बताए । यथार्थपरक भावमा आएको प्रस्तुत कृति पठनीय भएकोमा उनले जोड दिए ।

अर्का वक्ता सुनकोसीका महासचिव प्रदीप सापकोटाले प्रेम जस्तो वृहत विषयमा उपन्यास लेखिएको भन्दै कसैले विचैमा धोका दिने सम्भावना औल्याए । उनले प्रेम विना जीवनको गुञ्जायस नहुने भन्दै शिर्षकृत कृतिले प्रेमको परिभाषा बदलिदिएको दिएको बताए । कृति प्रकाशन गृह भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।