• २०८२ फाल्गुन २८, बिहीबार

चूडामणिको लघुकथाकृति ‘धुवाँको रङ’ सार्वजनिक

काठमाडौं ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासंग्रह ‘धुँवाको रङ’ सार्वजनिक गरिएको छ । सोमबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजुकुमार थपलिया लगायतले कृति सार्वजनिक गरे ।

उक्त अवसरमा प्रमुख अतिथिसहित साहित्यकारहरू विवश पोखरेल, कविराज न्यौपाने, बलराम पोखरेल, भूषण ढुंगेल, हरि कट्टेल, दिङलाली कान्छो, गोकुल अधिकारी र कृतिकार अकिञ्चनले आफ्नो धारणा राखे कार्यक्रममा साहित्यकारहरू सीमा आभास, रोशन पराजुली, मीनकुमार नवोदित, विष्णु भण्डारी र गायत्री चापागाईले विमोचित कृतिबाट लघुकथा वाचन गरेको कवि गोकुल अधिकारीले जनाएका छन् ।