रातो माटोमा लेपिएको मेरो पाउ
हुन्थ्यो कति आनन्दित स्वदेशमै
देख्दिन कुनै जमिन आज परदेशमा
दृष्टान्त गर्न माटोलाई
गर्नु पर्दैन पाउलो पलिस
परदेशमा
तर मलाई त्यहि
मातृभूमिको माटोमा
गर्न मन लाग्छ दौडधुप
त्यहि माटो मिश्रित
पाउलो लगाउँदा हुन्थ्यो
हर्षित मन पहिले
त्यो धुपीको सिरेटोले
चिसिएका मेरा अवयव
अब एउटा स्मृति भएर
झस्काउँछन् बारम्बार
नयाँ परिवर्तनको लागि
रित्तो छ सारा गाउँ अहिले
गौथलीका गुँड
खाली छन् अहिले
ठूलो पताका तोरीले
पराग सेचन बन्द गर्दै
अहिले परिवार नियोजन गर्न
बाध्य भएका छन्
अभिभावक त्रसित छन्
सन्ततिका भविष्य देखी
के अब मेरा नाति नातिनी
विदेशी पहिरन र श्रींगारमा
आगन्तुक सरह मातृभाषा
जिब्रो लर्बराउँदै
आफ्नै वर्ण विन्यास वाचन गर्न
लज्जित भएको
दृष्टान्त गर्न सक्दैन
यो आँखाले
जब संस्कार र भाषा
लोप हुन्छ त्यो कागजपत्रमा
मात्रै गैरआवासीय नागरिकता बोकेर
आफ्नो मातृभूमिको स्वरूप
भुलेको दृष्टान्त गर्न चाहन्न
बरु आफ्नै मातृभूमिको
थोरै द्रव्य र धेरै आनन्दमा
रमाउँछ मेरो मन
उन्नति प्रगति मिहिनेत परिश्रम
र इमान्दार प्रयासको समागम हो
यो धरामा जहाँ गए पनि
जब परदेशको मिहिनेत र
परिश्रम नेपाली माटोमा
पसिना बग्छ
त्यो कर्मकर्मको कमाइले
चित्त खुसी पार्छ
म आफ्नै देशमा विकसित देशको नागरिक जस्तै
रम्न चाहन्छु
सानो सही एउटा इमान्दार
उद्यमी बन्न चाहन्छु
यो विदेशी दासत्व
जहाँ मानव रोबोट भएको छ
समय त् बस घण्टा बढावा गर्नु छ
विदेशी राज्यलाई
अधिकतम कर तिर्नुपर्छ भन्ने ज्ञान छ
त्यो करआफ्नैं मातृभूमिको राज्यलाई
इमान्दार भुक्तानी गर्ने हो भने
हुने छ हाम्रै राज्य पनि समुन्नति पथमा
जब भ्रष्टाचार रोक्ने युवाहरू
सबै विदेशिने
घुसखोरी बिरुद्ध वृद्ध र मुनाले गरेर आन्दोलन
कम हुने छैन कदापि
आफ्नो रोजगारीको लागि
अधिकारको लागि हरेस खाएर
सबै युवाहरू
बुद्धिजीवीहरू
परदेश पलायन हुने हो भने
झन् मातृभूमि लुटपाट गर्नेलाई
झन् मौका मिल्नेछ
हामीसँग सबै छ हाम्रो धरामा
यो कुनै मरुभूमि होइन
यो कुनै निर्जन जमिन होइन
यो जैविक विविधताको
हिरा खानी हो
खाली सुशासन
धैर्य र पसिना चाहिएको छ
जमिनलाई
युवा पौरखी हातहरू माझ
निमुखाको तिर्खा भोक, बेदना
ग्रहण गर्न सक्ने
सच्चा नेपाली सन्तति जसले
बिहानदेखि रातीसम्म
निमुखाको रोजीरोटीको
बारेमा चिन्तन गरुन
युवाहरूको बेरोजगारीको समाधान
गर्ने बाघ चाल रचुन
केवल प्रमाणपत्रले मात्रै
परिवार जहान पाल्न
सकिन्न रहेछ
प्रमाणपत्रले
जब रोजगारी प्रत्याभूति गर्दैन भने
निराशाजनक जिवाणुले युवाहरूको
जब मस्तिष्कलाई दूषित बनाउँछ
राज्यले एउटा होनहार सपूत गुमाउँछ
जब प्रत्येक युवाहरू
जागिरे अथवा उद्यमी बन्छन्
त्यो उर्जाले हजारौं नयाँ युवा लाई रोजगारी दिन्छ
विदेशी दासत्वले
थाकेका अभिभावक पनि अल्छी
उनीहरूको बुद्धिमतामा
आएको छ ह्रास
किनभने अभिभावक
अहिले आफ्नो दायित्व
खाली विदेशी भिसा लगाउने
अनि बाँकी जीवन बेरोजगार
र बिना उद्यम
रेमिट्यान्स गनेर जिन्दगीभरि
सन्ततिलाई आर्थिक दास बनाउने
संस्कार निर्माण हुँदै छ
तब खाली सन्ततिको कमाइको गफ
रवाफले चमेना घरमा
रमाउदै अभिभावकहरु
पनि अब जसरी हुन्छ सन्तती लाई
बोइङको द्वार मा पुराउने सपना
देख्दै
आफ्नो दिमागलाई पनि सुस्त बनाउँदै छन्
यता कमेडी च्याम्पियन बन्ने कलाकार
हाम्रो देसको बरिष्ठ नेताहरू भयेका छन्
यहा बिना कुनै डिग्री बिना कुनै अनुभव पुरै
देश हाक्ने लाइसेन्स मिल्छ बिना कुनै अन्तर्बार्ता
अनुभव जेल चलान भएको छ नाकी कुन चुनावअघिका
पैदा भएका बाचाका
छाउरा हर देशको पोखरीमा
ठुला माछा भएकी सिद्रा मै
अन्त्येष्टि गरिएको रहेछ
अब जन्मेका नवजात शिशुले
विदेशी दासताबाट
यता आमा बाबुको ऋण
अनि राष्ट्रको ऋण चुक्ता गर्दै
पूरे जीवन श्रम मै खर्चिने छन्
जब दिमाग खुला गगन सरी
बिचार चिन्ता मुक्त हुँदैन
कुनै वैज्ञानिक विचार को
जन्म हुन सक्दैन
त्यसैले हाम्रो देशमा वैज्ञानिक कम
नेताहरू धेरै भएका छन्
जबसम्म देशमा विज्ञान
गणितीय र प्रविधियुक्त
ज्ञानी देशले जन्माउन सक्दैन
त्यो राष्ट्र आत्मनिर्भरताको डुङ्गामा
वैज्ञानिकहरूको
एउटा अलग समूह
जो सहिद जस्तै स्मारक
संग्रहालयमा उनका मूर्ति कुँदियोस्
तर हाम्रो देश मा वैज्ञानिक को सालिक होइन
एउटा चित्र कला पनि बन्दैन
तिनीहरूलाई राज्यले
नगरेर उत्थान
युवा अवस्था मै
विदेशिने बाध्यात्मक छन्
यो पृथ्वी परिवर्तनशील छ
जो हिजो थियो
आज अर्कै को छ
खाली संकल्प
कसैलाई हानि मानी नगर्ने
देश र निमुखाको सेवा
र करूणाभाव कुदीएका
सच्चा राष्ट्र प्रेमी जत्थाको जरुरी छ
देश शासन गरेका छन्
जसलाई राजनीति पैसा कमाउने एटिएम भएको छ
सेवाग्राही भाव खाली सीमित छ
भाषणमा मात्र
त्यसको आजै गरौं परिस्कृत आजै आफूलाई
बिर्सेर विगतलाई
सम्झेर वर्तमानलाई
भएर एकाग्र राष्ट्र विकासमा
जसरी बगेर गएको खहरे
कहिल्यै फर्किदैनन
त्यसैले बोइङको पखेटा
मार्फत उडान भर्नु अघि नै
त्यो युवा चराहरुलाई
उडान भर्न बाट रोक्नुपर्ने हुन्छ आजै
सुमन भट्टराई
बर्तुङ्, पाल्पा (हाल युके)