हिन्दी कविता
राजधानीमा आयोजित एक कार्यक्रममा कथाकार रासाको कथासंग्रह ‘कहर वृत्त ‘ सार्वजनिक गरिएको छ। प्रमुख अतिथि कवि तथा कथाकार शैलेन्द्र साकार रहेको उक्त कार्यक्रममा उनी लगायत श्यामल, किशोर पहाडी, डा. भरत कुमार भट्टराई, अविनाश श्रेष्ठ, रासा, नारायण तिवारी, नरेन्द्र बहादुर श्रेष्ठ, राजवले पुस्तक लोकार्पण गरेका थिए ।
‘कहर वृत्त’ बारे समीक्षकहरू श्यामल, किशोर पहाडी र डा. भरतकुमार भट्टराईले समीक्षा गरेका थिए । तीने जनाले कथाहरू नयाँ शैलीमा लेखिएका, आफ्ना दैनिक क्रियाकलापको वर्णन, प्राय: जसो कथाका पात्रले साहित्यका पुस्तकहरू पढ्ने गरेको कुरा व्यक्त गरेका थिए भने। डा. भट्टराईले रासाका कथाहरू पढेपछि रासा उत्तर आधुनिकताका सफल कथाकार भएको भनेर ठोकुवा गरे।
कार्यक्रममा पुस्तकका आवरण बनाउने कलाकार नरेन्द्र बहादुर श्रेष्ठ र पुस्तकको आवरणमा छोटो भूमिका (Blurb) लेख्ने भूमिका लेखक अविनाश श्रेष्ठलाई सम्मान पनि गरिएको थियो। धन्यवादज्ञापन कथाकार रासाबाट भएको थियो भने कथाकार राजवले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन कथाकार दिव्य गिरीले गरेका थिए । ‘
