• २०८२ माघ १८, आईतवार

साहित्यकार उषा शेरचन लाई ईश्वरमान स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार– २०८२ प्रदान

काठमाडौँ  ।

साहित्यकार उषा शेरचनलाई ईश्वरमान स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार– २०८२ प्रदान गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य र आर्थिक सञ्जाल डटकमका प्रधान सम्पादक निरज रन्जितको अध्यक्षतामा कार्यक्रम भएको हो ।

आर्थिक सञ्जाल डट्कम अनलाइन न्यूज पोर्टलको सातौं वार्षिक उत्सवमा शेरचनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । प्रमुख अतिथि भूपाल राईले एघार हजार एक सय एघार रूपैयाँ नगद राशि र सम्मानपत्रसहित सम्मान गरिएको हो । आर्थिकका कार्यकारी सम्पादक किशोर शर्माले शब्द मार्फत उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए।

कोशी प्रदेश सांसद तथा साहित्यकार मीना श्रेष्ठ, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य शम्भुहरि बास्तोला, पत्रकार महासंघ काठमाडौं शाखा प्रमुख शोभा अर्याल, पत्रकार महासंघ केन्द्रीय सदस्य सूर्य सुवेदी, प्रेस काउन्सिलका सदस्य सन्तराम बिंडारी, जनजाति पत्रकार महासंघका समीर बलामीले पत्रकारका विविध विषयबारे बोलेका थिए । एपेक नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले पत्रकार ईश्वरमान रन्जित योगदानको विषयमा बोलेका थिए ।

पुरस्कृत शेरचनले पुरस्कारको पछि कहिल्यै नलागेको र पत्रकारितामा स्थापित व्यक्तित्वको नाउँकोपुरस्कार पाएकोमा खुशी व्यक्त गरेकी थिइन् ।
पत्रकार कुमार रन्जितले पुरस्कृत शेरचन र पत्रकार ईश्वरमान रन्जितको योगदानबारे प्रकाश पारेका थिए । आर्थिक संजालका सम्पादक निरज रन्जित अध्यक्षतामा कार्यक्रम भएको हो।उक्त पुरस्कार रञ्जितले पिताको नाममा स्थापना गरेका उक्त पुरस्कार यस पटक साहित्यकार शेरचनलाई प्रदान गरिएको हो ।

मिस नेवा कृषा महर्जनले सञ्चालन गरेको कार्यक्रममा पवन आलोक, प्रद्युम्न जोशी, मुरारी सिग्देल, कुमारी लामा, रीता खत्री लगायतको उपस्थिति रहेको थियो । शेरचनका मुक्तक, कविता, गीत, कथा, उपन्यास जस्ता विधाका कृति प्रकाशित छन् ।