मनमानी मन
नाशवान तन
दुईदिने चोला
सन्तापको झोला ।।
छोरा छोरी हुन
पैसा मै छ धुन
कोही छैन प्रिय
गुरू ज्ञान सुन ।।
आउँदा नी एक्लै
जाँदा पनि एक्लै
दुखाउने मन
राखिदेउ बेग्लै ।।
तिर्थ व्रत गर
ध्यान योग गर
हरि नाम जप
यहि मुल तप।।
सत्सत बोल
हरिनाम बोल
कर्णप्रिय सुन
गुरूज्ञान गुण
व्यर्थ चिन्ता किन
बाच्ने दुईदिन
आत्मा अविनाश
परमात्मा पास
निराकार पुञ्ज
निरंजन रंग
एकाकार सँग
परमात्मा अंग
बुझ गुरूज्ञान
गर तपध्यान
जप रामनाम
जप हरिनाम।।
लक्ष्मी प्रसाद फुयाल, शनिश्चरे, पथरी, मोरङ
[email protected]