समाचार
काठमाडौँ ।
नारी स्रष्टा समाज नेपालद्वारा आयोजना गरिएको ममता मृदुलसँग लघुकथामा बहस–अध्याय पाँच सम्पन्न भएको छ । सर्वनाम थिएटरमा आयोजना गरिएको अशेष मल्लका लघुकथामा बहस भएको हो । कार्यक्रममा विधान आचार्यले स्रष्टा अशेष मल्लको परिचयात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइरालाको प्रमुख आतिथ्य, नारी स्रष्टा समाज नेपालका अध्यक्ष ममता मृदुलको अध्यक्षता र रमेन्द्र कोइरालाको संयोजनमा कार्यक्रम भएको हो । सर्वनाम थिएटर, कालिकास्थान, काठमाडौंमा भएको कार्यक्रममा कलाकार राज शाहको नेतृत्वमा अशेष मल्लको ‘मान्छे’ र ‘कालो कागज’ लघुकथाको मञ्चन पनि गरिएको थियो ।
कार्यक्रममा ललिता दोषी, रन्जु खनाल, निशा केसी, रन्जना पराजुली लम्साल, मन्दिरा मधुश्री, दीपा चौधरी, सेसेमी लिम्बू, विनोद नेपाल, धन्वन्तरी मिश्र कात्यायन, रामकुमार पण्डित, गोम विक्रम, राज शाह, ध्रुवराज थापा ‘पुरुष’ र रोशन पराजुलीले अशेष मल्लको लघुकथा वाचन गरेका थिए ।
नारी स्रष्टा समाज नेपालले लघुकथा वाचकहरूलाई सम्मान गरेको थियो । कार्यक्रममा इनरुवाका द्वारिकाप्रसाद पोखरेललाई ‘असल दर्शक’ रूपमा सम्मान अर्पिएको थियो । यस्तै विशिष्ट अतिथि विधान आचार्य, प्रा. डा. सावित्री कक्षपति, भागिरथि श्रेष्ठ र इन्द्ररत्न बज्राचार्यले अशेष मल्लको प्राज्ञिक व्यक्तित्वबारे बोलेका थिए । कार्यक्रममा लता केसी, पिपि कोइराला, टीका मिलन, पृन्स प्रमोद ढकाल, एन्जेल निलु आदिको उपस्थिति रहेको थियो ।
