काठमाडौं ।
चन्द्रागिरि साहित्य सरोवरको ३७ औँ साहित्यिक कार्यक्रम मुनाल क्लवको सभाहलमा सम्पन्न भयो । भाषाविद तथा कवि डा. बलदेव गाउँलेको प्रमुख आतिथ्य र सरोवरका संयोजक गोपीचन्द्र कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा १५ जना कविहरुले आ आफ्ना रचना पाठ गर्नुभएको थियो । हरिनारायण सुवेदीज्यूको बा शीर्षकको कविता समसामयिक विषयवस्तु समेटिएको मार्मिक थियो । कार्यक्रममा पहिलो पटक सहभागी हुनु भएका सुदन लुइटेलले गजल बडो मार्मिक र विम्वहरुले भरिएका, ठूलो पहरो पनि आखिर सानै हथौडाले फुटाउँछ भन्ने थियो ।
कृष्णबहादुर कार्कीको कविता निकै मार्मिक र ओजपूर्ण थियो । विद्वान कवि हरिशरण आचार्यले छन्दका बारेमा छोटो समयमा पनि सविस्तार पार्नु भयो । काशिराज सुवेदीले कथा दोहरी रहन्छ भनेर आफ्ना कथाका मार्मिक भूमिका सुनाउनु भएको थियो । नियमित कविता वाचन गर्ने तुलसीराम भण्डारीले दुईवटा गजल वाचन गर्नुभयो । कवि हरि पौडेलले मोवाइलका बारेमा लेख्नु भएको सिर्जना वाचन गर्नु भएको थियो ।
भक्तपुर जगातेदेखि आइपुग्नु भएका कवि राजुले पृथ्वी वाहेक अन्यलोकमा मानिसको उपस्थित छ त भनी नासाले खोज अध्ययन गरेकाबारे लेखिएको कविता सुनाउनु भयो भने मालता वेलवासेले जीवनमा घटेका घटनामा आधारित मिठो कविता सुनाउनुभएको थियो । सभाध्यक्ष गोपीचन्द्र र अन्तमा प्रमुख अतिथि भाषाविद् डा. गाउँले बलदेव अधिकारीले छन्दोवद्ध मार्मिक कविता सुनाउँदै वाचन भएका कविताबारे पनि समीक्षा गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन साहित्य सरोवरका सदस्य गोविन्दशरण भण्डारी गर्नु भएको थियो । कार्यक्रममा विष्णुदेवी माविबाट ४ जना कवियत्रीहरुको स्वर्निमा, भूमिका, मेनाज उपस्थिति थियो । कार्यक्रममा उपस्थित सबैमा धन्यवाद दिँदै उपस्थित कविज्यू लगायत प्रमुख अतिथिज्यूमा पनि चन्द्रागिरि साहित्य सरोवर एवं मुनाल पुस्तकालय समितिका तर्फबट मुरीमुरी हार्दिक कृतज्ञता ज्ञापन गरिएको थियो ।