कविता–हिन्दी
काठमाडौँ, पुस १३ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा रातो रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको छ । उक्त पुस्तक प्रदर्शनी पुस पुस २६ गतेसम्म जारी रहने छ ।
प्रदर्शनीमा नयाँदेखि पुराना महत्वपूर्ण पुस्तकहरू राखिएको कुलपति राईले जानकारी दिनुभयो । प्रज्ञा प्रतिष्ठानका पुस्तकहरू पाठकसम्म पुर्याएर पठन संस्कृतिलाई विस्तार गर्न प्रदर्शनीले सहयोग पुर्याउने उहाँले बताउँनुभयो । प्रदर्शनीबाट पुस्तक खरिद गर्ने व्यक्ति वा संस्थाका लागि १५ देखि ४० प्रतिशतसम्म रकम छुट दिइएको छ । प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषादि नोै उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्य शास्त्र ’पेरी पोइएतिकेस’ लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको प्रतिष्ठानले जनाएको छ ।

प्रदर्शनीमा पुरानादेखि नयाँसम्म नेपाली भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र लगायतका महत्त्वपूर्ण पुस्तकहरू राखिएको छ । प्रदर्शनीमा अनुसन्धानात्मक,संस्कार र संस्कृति तथा विभिन्न भाषाका कोशहरू समेत राखिएको छ ।
