• २०८१ श्रावाण ११ शुक्रबार

छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले वि सं २०७६, २०७७ तथा २०७८, तीन वर्षको एक्कै पटक छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा गरेको छ ।

गुठीका सचिव दिनेश अधिकारीका अनुसार २०७६ सालमा गीत रचनातर्फ जसयोञ्जन प्यासी, २०७७ सालमा आनन्द अधिकारी, २०७८ सालमा वसन्त चौधरीलाई उक्त पुरस्कार प्रदान गरिनेछ ।

त्यसरी नै सङ्गीत, गायन तिर हरि लम्साल, सुनिता सुब्बा, अस्मिता अधिकारी, शान्तिराम राई, शम्भू राई, मिलन नेवार, आनन्द राई, पवित्र सुब्बा, एलिना चौहानलाई उक्त पुरस्कार प्रदान गरिनेछ ।

२०७९ साल असार २६ गते विशेष समारोहका विच आयोजना गरिने कार्यक्रममा उपरोक्त सम्मान तथा पुरस्कार अर्पणका साथै वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई विशेष सम्मान पनि गरिनेछ ।