वसन्तवेला

आख्यानकार राजन मुकारुङको चर्चित उपन्यास ‘दमिनी भीर’मा आधारित रहेर नाटक बन्ने भएको छ। रंगकर्मी इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा नाटक ‘दमिनी भीर’ बन्न लागेको हो ।
‘दमिनी भीर’ वि.सं २०६९ सालको मदन पुरस्कार जित्न सफल उपन्यास हो ।
नाटक निर्माणमा समता फाउण्डेसन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले सहकार्य गरेका छन् ।
अहिले नाटकको रिहर्सलको काम भइरहेको छ । नाटक आगामी भदौ २२ देखि असोज १० सम्म थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन हुनेछ ।