रम्बास कविता
काठमाडौँ ।
नवराज थापामगर र सुनिता थेगिमको स्वरमा ’फुल दिए’ सार्वजनिक भएको छ । सबिता गुरुको शब्द तथा युनिक थापा मगरको संगीतमा यो गीत युट्युब च्यानल ’ओमचित्र इन्टरटेन्टमेन्ट’मा सार्वजनिक भएको हो । गीतको भिडियोमा ओम गुरुङ, जुना गुरुङ, दीपशिखा गुरुङ, सुस्मिता गुरुङलगायतको अभिनय छ ।
दीप गुरुङको निर्देशनमा तयार भएको गीतको भिडियोमा आशिष गुरुङको कोरियोग्राफी, विजय लामाको सिनिमाटोग्राफी छ । यो गीतको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् ।
