• २०८१ फागुन १ बिहीबार

कविता साँझ तथा गजल साँझ कार्यक्रम सम्पन्न

यशस्वी प्रज्ञा प्रतिष्ठानको आयोजनामा माया घरमा आश्रित बालबालिकाहरूको लागि भवन निर्माण सहयोगार्थ ‘कविता साँझ’ तथा गजल साँझ कार्यक्रम सम्पन्न गरिएको छ । काठमाडौँको सर्वनाममा आयोजित छुट्टाछुट्टै कार्यक्रममा २० जना कवि २० जना गजलकारहरूले कविता तथा गीत वाचन गरेका थिए । कार्यक्रममा अशेष मल्ल, राजेन्द्र शलभ, पवन आलोक, मोमिला जोशी, रुपक बनवासी, करुण थापा, गीता कार्की, ज्योति जंगल, भिष्म उप्रती, शान्ती प्रियवन्दना, मणी लोहनी, समीना पृथा खनाल, प्रोल्लास सिन्धुलिया, प्रकाश घायल, रुपसिंह भण्डारी, भगवती बस्नेतलगायतका कवि तथा गजलकारहरूले विविध विषयमा कविता तथा गीत वाचन गरेका थिए ।

देश र विदेशमा बस्नु हुने कविहरूले पनि मायाघर निर्माणार्थ सहयोग गरेको कार्यक्रमका संयोजक तथा प्रस्तोता बाबु त्रिपाठी र प्रज्ज्वल अधिकारीले बताए । अनाथ बालबालिकाको लागि बन्दैगरेको भवनको लागि केहि सहयोग होस् भन्ने कार्यक्रमको उधेस्य रहेको कुरा यशस्वी प्रज्ञा प्रतिष्ठान कि निर्देशक रन्जना निरौलाले बताइन ।