• २०८० असोज ९ मङ्गलबार

मधुपर्क सम्मान साहित्यकारहरू श्रेष्ठ, लोहनी तथा भट्टराईलाई

वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, चर्चित आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई २०८० को मधुपर्क सम्मान प्रदान गर्ने निर्णय घोषणा गरिएको छ । वरिष्ठ साहित्यकार गणेश रसिकको संयोजकत्वको तीन सदस्यीय मधुपर्क सम्मान– २०८०, चयन समितिले सो निर्णय गरेको हो ।

गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ । मधुपर्क सम्मान २०८० पद्यतर्फ वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र गद्यतर्फ वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिने छ । यसैगरी मधुपर्क प्रतिभा सम्मान, २०८० छन्द तथा बालकवि एवं समालोचक प्रभा भट्टराईलाई प्रदान गरिने भएको छ । यी सम्मान मधुपर्कको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने बताइएको छ ।