समाचार
नेपाली लेखक संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।
त्यसैगरी नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की) , महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की), महासचिवमा सञ्जीव पौडेल(कास्की), सचिवमा मोती च्वाईं (पर्वत), कोषाध्यक्षमा चन्द्रावती वाग्ले (तनहु), सदस्यहरुमा रमेशमोहन भट्टराई (कास्की ),केशव अमगाई (गोरखा), अम्बिकाप्रसाद भट्टराई (तनह) र मणि डुम्रे (नवलपुर) रहेका छन् ।
नेपाली लेखक संघका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र नेपाली लेखक संघका केन्द्रिय सदस्य अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति छनौट गरेको हो । कार्यक्रममा नेपाली लेखक संघ गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष दीपक समीपले सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। समीपले विविध साहित्यिक गतिविधिहरु मार्फत संस्थालाई क्रियाशिल राख्दै संस्थाको गरिमा अझै उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा ने. ले.सं. निवर्तमान केन्द्रिय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठ, ने. ले.सं. केन्द्रिय सचिव मिलन समीर, ने. ले. सं. गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष डा. ईश्वरमणि अधिकारी र ने ले सं कास्कीका संस्थापक अध्यक्ष लक्ष्मीशरण अधिकारी र निर्वाचन समितिका संयोजक डा. गणेश शर्माले शुभकामना व्यक्त गर्नु भएको थियो ।
