• २०८१ पौष २९ सोमबार

गजल

यात्री प्रकाश पाण्डे

यात्री प्रकाश पाण्डे

मलाई पनि उसैगरी तिमीलाई ज्यानदिन मन छ
भिरमा फलेको फर्सिलाई भिरमै अल्झिन मन छ

पीडित थियो भने इज्जत बचाउन चुपचाप बस्थ्यो
बलात्कारी हो ऊ जसलाई मर्द भनेर चिनिन मन छ

तिमी इरेजर सहितको पेन्सिल बनेर तिखारियौ
मलाई भने कलमको अक्षर बनेर लेखिन मन छ ।

माकुरो बनि जन्मेथेँ भने जन्माउनेकै ज्यान लिन्थेँ
पुतली बनी जन्मिएँ दियोमा गएर सक्किन मन छ

जुनदिन तिमी अर्कैकी भएर मेरो नजिक आइपुग्यौ
त्यहि दिन देखि मलाई यो दुनियाँबाटै टाढिन मन छ

तिमीले छाडेपनि मैले सपना देख्नलाई छाड्ने छैन
गाग्रीबाट पो पोखिएँ अब समुद्रमा भरिन मन छ ।


(यात्री प्रकाश पाण्डे चर्चित कवि हुन् ।)
[email protected]