• २०८२ पुष ५, शनिबार

नागार्जुनमा मर्फिन कथासङ्ग्रहमाथि परिचर्चा सम्पन्न

काठमाडौं ।

नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कविगोष्ठीमा कथाकार लक्ष्मण अधिकारीको मर्फिन कथासङ्ग्रहमाथि चर्चा गरिएको छ । समालोचक डा. लेखराज खतिवडाले कथा मर्फिनले नेपाली चिकित्सा क्षेत्रका समग्र पक्षलाई उधिन्न सफल भएको बताउनुभयो ।

रचना वाचन कार्यक्रममा कवि पूर्ण बिरामका दुई कविता अन्य कविले वाचन गर्नुभएको थियो । रचना वाचन कार्यक्रममा कवि पूर्ण बिरामका दुई कविता अन्य कविले वाचन गर्नुभएको थियो ।

कार्यक्रममा मर्फिनका कथाकार लक्ष्मण अधिकारीले पत्रकारिताका क्रममा प्राप्त सूचना सामग्रीलाई कथात्मक बनाउने क्रममा नै कथा लेखन थालिएको र सोही क्रममा मर्फिन कथासङ्ग्रह प्रकाशन भएको बताउनुभयो । कार्यक्रममा प्राध्यापक जगतप्रसाद उपाध्याय प्रेक्षित, डा. लेखराज खतिवडा, लक्ष्मण अधिकारी र डम्बर पहाडीलाई सम्मान गरिएको थियो ।