समाचार
जनताको लागि, जनता द्धारानै निर्वाचित ।
महाराज आइस्यो स् सवारी चलाईस्यो ।।
कहिले प्रजातन्त्र, गणतन्त्रको नाममा ।
कहिले डुम, राउटे, जन जातिको काममा ।।
कहिले बाढी, पहिरो, भुकम्पको काममा ।
कहिले झाडा, हैजा, माहामारीको नाममा ।।
जनताको लागि, जनता द्धारानै निर्वाचित ।
महाराज आइस्यो स् सवारी चलाईस्यो ।।
कहिले बस्ती मासी, बृक्षारोपणको काममा ।
कहिले जंगल फांडी, सर्वहाराको नाममा ।।
कहिले यार्सा, मार्सी, जुम्लीको नाममा ।
कहिले सुस्ता, कुटी, सिमाको नाममा ।।
जनताको लागि, जनता द्धारानै निर्वाचित ।
महाराज आइस्यो स् सवारी चलाईस्यो ।।
कहिले सहकारी, मिटर व्याजीको काममा ।
कहिले टावर, तुइन, माक्र्सको नाममा ।।
कहिले सुन जलहरी शिबजीको धाममा ।
कहिले उद्घाटन, रिवन काट्ने काममा ।।
जनताको लागि, जनता द्धारानै निर्वाचित ।
महाराज आइस्यो स् सवारी चलाईस्यो ।।
कहिले कागज, टायर उद्योगको काममा ।
कहिले जहाज, रेल, सफा इभिको नाममा ।।
कहिले उखु, चिया, मल कृषकको काममा ।
कहिले व्याट्री इन्भर्टर व्यापारीको नाममा ।।
जनताको लागि, जनता द्धारानै निर्वाचित ।
महाराज आइस्यो स् सवारी चलाईस्यो ।।
चेतन काफ्ले