• २०८१ असार ११ सोमबार

उनीहरू भगवान हुन् !

धनराज गिरी

धनराज गिरी

फिन्ली, अष्ट्रेलीया ।

घर नम्बर ७५ भित्र ६ जना प्राणीहरू छन् । हजुर आमा गौरीसित सानी नातिनी कैखी रमाएकी छन् । ठूली नातीनी अजेया पढ्न व्यस्त । छोरा र बुहारी मालसामान किन्न कोब्राहम गएका छन् । आज मिति २०७९ साल भाद्र ९ गते, ३ गते अजेयाको जन्म दिन, १२ गते कैखीको र ९ गते घरमूली “प्रोफेसर आशुतोष आनन्दको” जन्म दिन हो । मुहार पुस्तिकामा शुभकामनाको बाढी नै आएको छ । कहिल्यै नभेटेका मान्छेहरूको शुभकामना बग्रेल्ती छन्, तर लगभग २७ बर्ष सहकर्मी बनेका साथीहरूको अत्तोपत्तो छैन । “उपयोगिता ह्रास नियम” मज्जाले लागु भएको छ । “मुखमा छउञ्जेल पो दाँत, भूइँमा झरेपछि हड्डी” यही चरितार्थ भएको छ । “जागिर खाने मान्छे सेवा निवृत्त भएपछि डालीबाट खसेको पात वा फूल जस्तै हो, मूल्य सकिन्छ ।” प्रोफेसर जगमोहन आजादले भनेको थियो ।

“मान्छेले मान्छेलाई महत्व दिन कारण चाहिन्छ, हावा नचलिकन पात हल्लिन्न । बाउआमाको माया पनि अदृश्य स्वार्थ हुन्छ । “प्रोफेसर धनेश्वर भट्टराईले” भनेको कुरा पनि आनन्दले संझियो । “वास्तवमा यो दुनियाँ हरेक मान्छे एक्लो हो, “म समुहमा छु” यो एक भ्रम हो १” प्रोफेसर मधुबाला जमरकटेलको भनाइमा पनि सत्यता भएको कुरा अनुभूत गर्यो आनन्दले । “ह्याप्पी बर्थ डे टू यू बूढा” गौरीले एउटा गुलाफको फूल हातमा राखेर, गालामा चुम्बन उपहार दिएर “वीश” गरिन् । सानी नातिनीले पनि हजुर बाको गालामा “चुप्प” पारिन् । उज्यालो अनुहार बनायो प्रोफेसरले । तस्मनियाबाट गोमा सिटौलाको र भरतपुरबाट रचना शर्माको शुभकामना “यूनिक, गजलमय” आयो ।

दुई दुहिता अपराजिता अनमिकाले क्यानडाबाट, भान्जा आलोक नारायण सन्तोषीले अमेरिकाबाट शुभकामना पठाए । बैकुण्ठनगर, नेपालबाट अरू भान्जाभान्जीहरूको पनि शुभकामना आयो । आनन्दले आफ्नै बारेमा एउटा छन्द कविता लेख्यो । ५०० लाइक र २०० कमेन्ट आए । शुभकामना दिनेहरूको संख्या ३६०० पुग्यो । छोरो कृपानारायण विवेकी जिल्ल पर्यो । बुहारी पार्वती खुशीले गीत गाएर शुभकामना प्रकट गरिन् । साँझ राम्रै जमघट भयो । छोराबुहारीका सहकर्मीहरू आए । कुमारी भारतीको उपस्थितिले गर्दा हिन्दी गीतको माहौल पनि बन्यो । प्रोफेसरले भारतीको लागि तीनवटा रोमान्टिक गीत गायो । भारती पंजाबी कुडी हुन्, कुमारी, प्रियदर्शनी । “बा, अलि अलि चलाउने ?” विवेकीले मदिरातिर संकेत गर्यो । प्रोफेसरले हरियो बत्ती बालिदियो । महिलाहरूले “वाइन” सदुपयोग गरे । अलिकता रमझम भएपछि गौरीको हाँसो “कमरेड काशीनाथ अधिकारीलाई” बिर्साउने । यता विवेकीको दिमागमा राजनिती चढेको छ । विजयकुमार पाण्डे, मीनेन्द्र रिजाल, विश्वनाथ पौडेल, स्वर्णिम वाग्ले, गगन थापा, विश्व प्रकाश आदिको फ्यान, चारतारे पुजारी । उता सिड्नीबाट दिवाकर अधिकारीले पनि प्रोफेसरलाई अनेक प्रश्नहरू सोध्ने गर्दछ ।

प्रोफेसर राजनीति गरेर पनि राजनीति गर्दैन र, राजनीति नगरेर पनि राजनीति गर्दछ । “बा, नेपालमा के भयो भने राम्रा होला ?” आज बाको जन्म दिनमा पनि केको राजनीति, आज त रमाइलो पो गर्ने त १ बरू लोक दोहोरी गाए हुन्छ ।” गौरीको गुनासो । “त्यही त मम्मी, यो लुरे बुढो जतिखेर पनि राजनीति १ राति एक बजेसम्म गफ गर्ने भन्या दिवाकर दाजीसित १ कता आफैं राष्ट्रपति हुनेजस्तो १ बुहारीले पनि मौकामा चोका हानिन् । “लौ बा, सासू बुहारी पवित्र गठबन्धन भयो, अब हाम्रो जमानत जफ्त हुन्छ । चुनावमा गइन्न । बा, हजुरलाई काँग्रेसका बारेमा बढी ज्ञान छ, के होला रूखको भविष्य ?” “हेर, छोरा, म कपिल अज्ञात गुरूजी होइन, तर यत्ति भन्छु, चारतारेहरू मन नलागी नलागी सत्तामा जान विवश हुन्छन् । काँग्रेसीहरूको चिनामा सत्ता बाहिर नबस्नु भनेर लेखिएको छ । बस्नै पर्छ । प्रारब्धको खेल अनि कम्युनिस्टहरूका बारेमा हजुरको राय के छ ? सबैको अनुहारमा हे¥यो प्रोफेसरले । राजनीतिक प्राणीहरू कोही पनि होइनन् । पढालिखा त हुन् । अलिअलि चासो हुने नै भयो । सबैको आँखा प्रोफेसर तिर । भारती अलमल्ल, अरूको अनुहार झलमल्ल । शुभारम्भका पाइलाहरू भित्रका पात्र, पात्राहरूजस्ता, सबै । “कम्युनिस्टहरू त भगवान् हुन् ।” एक वाक्य बोलेर प्रोफेसर मदिराको चुस्की लिन थाल्यो । “भगवान् ? कसरी भगवान् ? यी उग्रवादीहरूले गर्दा देश छोड्न बाध्य भइयो । उल्टै राक्षसहरूलाई भगवान् भन्नुहुन्छ बा ? दूईचार जना वामपन्थीहरूले माया गरे भन्दैमा भगवान् भए उनीहरू ? ज्यामितिको साध्य प्रमाणित् गरेझै प्रमाणित गर्नुहोस् बा । उनीहरू कसरी भगवान् भए ?” विवेकी तात्यो, मदिराको पनि कमाल । महेश्वर कार्कीले थपिहाल्यो, एक प्याग । “Null set is the sub set of every set” उत्तर दियो प्रोफेसरले । “फेरि राजनीतिमा गणित घुसाउनुभयो । अमूर्त होइन, मूर्त परिभाषा चाहियो बा । एउटा छोराको पनि चित्त बुझाउन नसक्ने ? प्लिज बा, मेरो चित्त बुझेन ! ”

“छोरा, यो संसारमा भगवान् छैनन् । निराकार प्रभुको अस्तित्व मिथ्या हो । सम्पूर्ण धार्मिक ग्रन्थका कहानीहरू मिथ्या हुन् । इश्वर, राक्षस, शैतान, खुदा, अललाह, गड, सबै मान्छे नै हुन् । न यो संसारमा भगवानको अस्तित्व छ, न कम्यूनिस्टको । सैद्धान्तिक, निराकार भगवान् छन् । त्यसैगरी सैद्धान्तिक कम्युनिस्टहरू पनि छन् । वास्तविक कम्युनिस्ट भगवान नै हुन् । “यसरी संझाए त चित्त बुझ्छ नि बा । हो, उनीहरू भगवान नै हुन् ।” एक प्याग थपे सबैले ।


धनराज गिरी