• २०८० असोज ६ शनिवार

यो

फेर्नान्दो पेस्सोआ

फेर्नान्दो पेस्सोआ

उनीहरू भन्ने गर्छन्
म जे लेख्छु-
त्यो देखावटी या झूटो हो
तर यस्तो केही हैन ।

स्पष्ट भनौं भने-
कल्पनाका माध्यमले
म महशुस गर्छु
मनको बाँसुरी बजाउँदिन म
म जे जस्तो सपनामा देख्छु
या जुनकुरा हारी सक्छु
जसबाट म धोका पाउँछु
या जो मेरा लागि मर्छन्
तिनीहरू कौसी जस्ता हुन्छन्
पर पर अरू नै केही हेरिरहे जस्तो ।

यही कुराले नै मलाई अगाडि बढाउँछ
त्यसैले म तिनै कुराहरू बारे लेख्छु
जुन मेरा वरिपरी हुँदैनन्
जो मेरा भद्रगोलबाट मुक्त छन्
म त्यस कुराका लागि चिन्ता गरिबस्छु
जुन छैन ।

महशूस ?
त्यो पढनेले नै गरोस् ।

अनुवाद: राजेन्द्र शलभ