• २०८१ फागुन ३ शनिवार

कात्रो

गीताश्री शर्मा

गीताश्री शर्मा

भो
छो ड
ल डा इँ
डाहा ईर्ष्या
रिस आह्रिस
तोड अहङ्कार
त्याग लोभ लालच
लुटिए बेसहारा ती
नभुट सोझाको सपना
सिक अपनाउन सादृश्य
उस्तै रक्त, हाड र मासु
हुन्न अजम्बरी काया
छैन चिरायु कोही
हुन्छ सेतो कात्रो
नखोज अब
पा उँ दै नौ
कात्रोमा
गोजी
त्यो ।


गीताश्री शर्मा