गीत
काठमाडौं ।
आगामी २३ माघमा रिलिज हुने नेपाली चलचित्र ‘कुमारी’को नयाँ गति ‘कता छौ मेरो फूल‘’को भिडियो सोमबार सार्वजनिक गरिएको छ । यो चलचित्रलाई प्रणय दिवसमा रिलिज गर्ने घोषणा सहित यो नयाँ गीतको भिडियो सार्वजनिक गरिएको हो ।
दिनेश राउत निर्देशित यो चलचित्रको नयाँ गीतमा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुंगा’को स्वर एवम् संगीत रहेको छ । गीत ‘जेन–जी’ पुस्तामा समर्पित गरिएको निर्देशक राउतले बताएका छन् । यो चलचित्रमा नव अभिनेता अभिनेत्री अभिषेक खड्का र आकृति राजभण्डारीसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकारको अभिनय छ ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यो चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । विकास सुवेदीले लेखेको यो चलचित्रमा सुसन प्रजापतिको छायांकन रहेको छ । चलचित्रको कार्यकारी निर्माता केदार भुसाल हुन् ।
मोशन पिक्चर्सले डिजिटल वितरण गर्ने यो चलचित्रलाई काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले चलचित्र घरमा वितरण गर्ने छ । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापा र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
