• २०८२ पुष २४, बिहीबार

डा. मण्डनेका दुई कृति ‘मधुमधुकर’ र ‘शान्ति’ लोकार्पण

काठमाडौँ

साहित्यिक अभियन्ता तथा साहित्यकार सूर्यप्रसाद लाकोजूले डा. गोपाल पौड्याल ‘मण्डने’ को ‘मधुमधुकर’ खण्डकाव्य र ‘शान्ति’ निबन्धसंग्रह लोकार्पण गरेका छन् । नेपाली लेखक संघ काभ्रे शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि लाकोजूले कृतिहरूको लोकार्पण गरेका हुन् ।

पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार लाकोजूले सिर्जना कर्म चेतनाको कर्म भएको बताए । काव्यकार गोपाल पौड्याल मण्डनेले आफू जहाँ रहे पनि नेपाली साहित्य आफूसँगै रहने भावना पोखँे । समालोचक तुयुकाजी ताम्राकारले डा.गोपाल पौड्यालका मधुमधुकर आकारमा सानो तर मार्मिक रहेको बताए। त्यस्तै उनले शान्ति निबन्धसंग्रह विषय विविधता भएकाले निकै पठनीय भएको बताए ।

कार्यक्रममा साहित्यकार ध्रुवकृष्ण ताम्राकार, शम्भुलाल श्रेष्ठ, विजयराम कर्माचार्य लगायतले मन्तव्य राखेका थिए । काभ्रेको मण्डन देउपुरमा जन्मेका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् । उनको मधुमधुकर खण्डकाव्यमा प्रेमप्रणयको विषय छ भने शान्ति निबन्धसंग्रहमा विविध विषयका निबन्धहरू समाविष्ट छन् ।