लापरवाही - Aksharang
  • २०७९ जेठ ८ आइतबार

लापरवाही

शोभा पोख्रेल

शोभा पोख्रेल

“आन्टी, दर्शन” बिहान खान बनाऊन हतार गरिरहेकी सिमाको मोबाईल फोन बज्यो
“ए, सुमना, के छ खबर, सञ्चै छौ ?
एक हातले तरकारी ओईरिँदै सोधिन् ।
“ठीक छ, हजुरलाई कस्तो छ” ?
गफको सिलसीला बढ्ने देखेर सिमाले, कुरा छोट्याऊदै सोधिन्, “अनि किन फोन गरेऊ भनन !”
साथी बिमलाकी छोरी पढाईको क्रममा लगनखेलमा कोठा भाडामा बसेर पढ्दै थिईन्, बेला बेलामा ऊनको घरमा पनी आऊने गर्थिन् । मिजासीलो स्वभाव र मिठो बोल्ने सुमनालाई आफ्नै छोरी जस्तै गर्थिन् ऊनी ।
सुमनाले पर्सी साथीको बिवाहमा जानुपर्ने र आफूसँग साडी र गहना नभएकोले एकदिनलाई व्यवस्था गरिदिन भनिन् । पहिलो चोटी, साथीकी छोरीले गरेको अनुरोधलाई ऊनले सहर्ष स्विकार्दै भरे घरमा आएर लैजान भनिन् । दिउँसो उनीसंग भएको मध्येबाट एऊटा सारी र घाँटीमा लगाऊने पेन्डेट दिदै जतन गरेर लगाऊन र छिट्टै फर्काउन भनिन् ।

घर व्यवहार र व्यवसायमा तल्लिन सिमाले, पाचौँ दिनसम्म पनि सुमनाले सारी र गहना लिएर नआएकोले फोन गरौँ की भन्ने बिचार गरिन् फेरी के सोच्नेहुन् आफैँ आउलिन् भनेर चुप बसिन् । विवाहको सिजन भएकोले ऊनको सुनको जलप लगाएको गहना पसलमा दिनभरी भिड हुन्थ्यो ।

बेलुका बिमलाको फोन आयो खुशी हुदै फोन ऊठाईन् तर फोनमा साथीको मलिन स्वर सुन्दा मन चसक्क भयो र भनिन्, “के भयो तिमीलाई, सञ्चै छ नी सबैजनालाई ? “मधुरो स्वरमा जवाफ आयो, “नानीले तिमीले अस्ति दीएको गहनाको दाम सोध्दै थिन् ।”
ऊनले हाँस्दै जवाफ दिईन्, “छोरीलाई गहना मनपरेछ, म ऊनको बिवाहमा त्यस्तै ऊपहार दीऊला है त !”
बिमलाको स्वर अझै पनी सुस्त थियो र भनिन्, “हैन हैन, एऊटा सानो गल्ति गरिछे छोरीले ।”

ऊनले थप प्रस्ट्याऊदै भनिन्, बेलुका विवहाबाट फर्के पछी लुगागहना कोठामा खोलेर बाथरूम गएर आउँदा राखेको ठाऊँमा गहना भेटिनन् रे, अनि आन्टीको पसलबाट त्यस्तै गहना कीनेर फर्काई दीने सोचेकि रहीछन् ।
अब भने सिमाको घाँटीमा केही अड्कीएझैं भयो, के बोल्ने के भन्ने केही सोच्नै सकीनन् । गत बैशाखको पन्ध्रौं बिवाह बर्षगाँठमा श्रीमानले ऊपहार दिएका थिए, ऊनले हर्ष मिश्रीत स्वरमा गाली गरेकी थिईन्, महङ्गो सुन कीन मलाई नसोधी किन्नु भएको विवहाको गहना छँदै थियो तर मनमनै सारै खुशी थिईन् गहना भन्दा बढी मायाको चमक देखेर । ऊक्त दिन र दशैँको दिन लगाएको गहना संझेर आँखा टिलपिलाए तर फोनमा भने, “ठिकै छ भै गयो, म आफैँ किनौला, नक्कली नै त हो ।”भनेर फोन राखेर भक्कानो छोडेर रोईन । ऊनलाई गहनाको माया सँगै सुमनाको लापरवाही सँग असाध्यै चित्त दुखेको थियो ।


शोभापोख्रेल
shovamth15@gmail.com


निः स्वार्थ प्रेम

फरक– २