• २०८२ बैशाख ७ आइतबार

तिमी छैनौ

बसन्त चौधरी

बसन्त चौधरी

रात छ
जून छ
जुनेली छैन ।

स्वप्न छ
गीत छ
ओठ छैन ।

हाँसो छ
सम्झना छ
खुसी छैन ।

भाव छ शब्द छ
कविता छैन ।

मौसम छ
प्रेम छ
तिमी छैनौ ।

फूल छ
हरियाली छ
वसन्त छैन ।

यस्तोमा
कसरी बाचूँ म
जहाँ म छु
तिमी छैनौ !

साभार: मेघा (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)