• २०८२ मंसिर ११, बिहीबार

चार छात्रालाई नइ कपिल विद्या पदक

काठमाडौं ।

दुर्गम जिल्लाका चार छात्रालाई यस वर्षको ‘नइ कपिल विद्या पदक’ प्रदान गरिएको छ। डोल्पा, हुम्ला, बाजुरा र दार्चुलाका सर्वोत्कृष्ट छात्रा क्रमशः सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही ३०–३० हजार रुपैयाँसहित पदक समर्पण गरिएको हो ।

यस वर्षको पदक तथा राशी अनलाइनमार्फत नै प्रदान गरिएको सदस्य–सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो । २०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको सम्मानमा प्रदान हुँदै आएको यो पदक चार दुर्गम जिल्लाका सरकारी विद्यालयमा कक्षा १२ का छात्रामध्ये सर्वोत्कृष्टलाई दिइन्छ । यस वर्ष सम्मानित छात्राहरू क्रमशः डोल्पा– आदर्श स्कुल, हुम्ला– मानसरोवर स्कुल, बाजुरा– जनप्रकाश स्कुल, दार्चुला– लटीनाथ स्कुल बाट रहनुभएको छ ।

नइ एकेडेमीका अनुसार पदकले दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक उत्कृष्टता, आत्मविश्वास र प्रेरणामा योगदान पुर्याउँदै आएको छ ।