• २०८२ मंसिर ११, बिहीबार

मनु ब्राजाकीको सिर्जनामाथिका समालोचना ‘दृष्टिबिम्बमा ब्राजाकी’ कृति प्रकाशित

काठमाडौँ ।

मनु ब्राजाकीको सिर्जनामाथिका समालोचना ‘दृष्टिबिम्बमा ब्राजाकी’ कृति बजारमा आएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले प्रकाशन गरेको हो । रवीन्द्र भट्टराईले सम्पादन गरेको कृतिमा एक लेखकका ३÷४ लेख पनि समेटिएका छन् ।

उक्त कृतिमा जीवनी खण्ड, अग्रलेख, कथाकृति, उपन्यास समीक्षा, गजलकृति समीक्षा, गजलकारिता, कथाकारिता, संस्मरणकृतिको समीक्षा र उनका प्रकाशित पुस्तकका फोटो र हस्तलिखित जीवनदृष्टि रहेको साहित्यकार बिमल अधिकारीले बताए ।

उक्त कृति २०७३ सालमै प्रकाशन गर्ने लक्ष्य रहेको भए पनि सम्पादन तथा लेखन क्षेत्रका सक्रिय नकुल सिलवालको अवसानपछि रोकिएको थियो । उक्त कृतिको आवरण फोटो आरके अदीप्त गिरी र आवरणकला उत्सव भट्टराईको रहेको छ । कपिलदेवको विशेष हेल्पमा ग्रन्थ प्रकाशित भएको कृतिको मूल्य रूपैयाँ १०५१ रहेको छ ।