• २०८१ माघ ११ शुक्रबार

चिया कविता पुरस्कार प्रभा राईलाई

काठमाडौँ  ।

यस वर्षको चिया कविता पुरस्कार साहित्यकार प्रभा राईलाई प्रदान गरिने भएको छ । सोमबार सिक्किमको गान्तोकमा बसेको चिया कविता समूहका कार्यकारी सदस्यको बैठकले आसाङथाङ नाम्ची निवासी राईलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । आफ्नो व्यक्तिगत प्रयासमा सिक्किममा पठन संस्कृतिको विकासका लागि पुरयाएको योगदानको मूल्यांकन गर्दै राईलाई पुरस्कृत गर्न लागिएको कविता समूहले जनाएको छ ।

राईले लामो समयदेखि साहित्य, शिक्षा र पठन संस्कृतिको विकासका लागि योगदान दिँदै आएकी छन् । नाम्चीको आसाङथाङस्थित दुमी गाउँका बालबालिका र पाठकका लागि उनले व्यक्तिगत प्रयासमा पुस्तकालय निर्माण गरेकी छन् । सन् २०१९ मा ‘डीजी रिडिङ रूम रिसोर्स एन्ड एजुकेसन फाउन्डेसन’ स्थापना गरेर भाषा–साहित्य, कला र लोक परम्पराको विकासमा योगदान दिइरहेकी छन् । आगामी मे २१ मा विश्व चिया दिवसको अवसर पारेर पुरस्कार प्रदान गरिने समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  समूहले विश्व चिया दिवसको अवसर पारेर हरेक वर्ष एक जना पुरस्कार प्रदान गर्दै आएको छ। उक्त पुरस्कार पहिलो पटक डुप छिरिङ लेप्चालाई प्रदान गरिएको थियो ।