कविता
काठमाडौँ ।
अभिनव साहित्य समाजले आफ्नो २८५ औँ शृङ्खला अन्तर्गत नियमित कवि गोष्ठी र संस्कृतिविद् डा. गोविन्द टण्डनलाई दोसल्ला, अभिनन्दनपत्र नगद रु तीस हजारसहित यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार अर्पण गरेको छ ।
यसै अवसरमा गोविन्दप्रसाद घिमिरे वेदमणिद्वारा लिखित ’गजलाञ्जली’ र ’खै के भयो के भयो’ नामक गजल र कवितासङ्ग्रहको लोकार्पण गरियो । प्रमुख आमन्त्रित गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, सम्मानित व्यक्तित्व टण्डन, डा. बद्री पोखरेल, ठाकुर शर्मा भण्डारी, डा.सुभास प्याकुरेल, पूर्व सांसद कृष्ण राई, रामप्रसाद पन्त, डिल्लीराज अर्याल, बद्री अर्याल, ध्रुव भण्डारी, गोविन्द चालिसे, कोमल लामिछाने, उद्धव रायमाझी, वसन्त रिजाल, भक्त क्षेत्री, डा. निर्मल घिमिरे, मञ्जुश्री प्रधान के.सी., बाजुराम पौडेल, महेन्द्र चालिसे, रत्नबज्र लामा, भारती बस्याल, निशा दाहाल, रघुनाथ आचार्यलगायत उपस्थित सयभन्दा बढीद्वारा एकैपटक लोकार्पण गरिएको थियो ।
प्रमुख अतिथिले गोकर्णेश्वरमा भएको विकास र साहित्यको विकासमा नगरपालिकाको योगदानबारे चर्चा गर्नुभयो र अन्य अतिथिले सम्मानित व्यक्तिको विषयमा, पाशुपत क्षेत्र र साहित्यिक विकासको विषयमा बोल्नुभएको थियो । लेखकस्वयंले सबैप्रति आभार व्यक्त गर्दै पुस्तक, उहाँका पिता ज्यौ. हरिप्रसाद घिमिरे, महाकवि देवकोटाकोे बारेमा सामान्य टिप्पणी गर्दै श्रद्धासुमन अर्पण गर्नुभएको थियो । तस्विरमा माल्यार्पणबाट शुरुभएको सो कार्यक्रमको सञ्चालन सह सचिव मेनका आचार्य, स्वागत मन्तव्य सचिव परशुराम पराजुली, उपाध्यक्ष विमल अर्यालको समापतित्व र बी.पी. इलामे, सुमन मित्र, नवराज पुडासैनी, शारदा पराजुली र घनश्याम प्रसाईले कविता वाचनको साथै अन्य व्यवस्थापनको कार्य गर्नुभएको थियो ।
कवि गोष्ठीमा सहभागी हुनेहरूमा सरिता दुलाल घिमिरे, ठाकुर खतिवडा, बुद्धिसागर पौड्याल, खोलाघरे साहिँलो, सञ्जय सोती, दिवाकर न्योपाने, सुशील आचार्य, निर्मलरमण पराजुली, भारद्वाज मित्र, मधुसूदन घिमिरे, रत्ननिधि रेग्मी, प्रदीप रत्न शाक्य, सुरेशचन्द्र घिमिरे, भानुभक्त न्यौपाने, गङ्गा पौडेल कर्माचार्य, विश्वनाथ तामाङ्ग, शर्मिला तिमल्सिना लगायत ४१ जना रहनुभएको थियो ।
