English Poem
ऊ
मेरो
मलामी
जान्न भन्छ,
सम्बन्ध तोड्यो
नाता अन्तै जोड्यो,
ढिँडोरा पिट्दै हिँड्छ
खोक्रो सान सौकतको,
लुट्नेले सकेसम्म लुटे
रित्तियो खजाना सबै छुटे।
सज्जन छैन साथ कोही
कुनै जुका कुनै गोही,
घमण्ड छुटेपछि
आफन्त खोज्दछ
मित्रु चिन्दछ।
क र्तु त ले
बिग्रेको
मान्छे
ऊ ।
टंक सिटौला
आसाम