• २०८१ माघ २७ आइतबार

एलिना चौहानको ‘एक्लै पनि जिन्दगी सार्वजनिक

काठमाडौँ ।

गायिका एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘एक्लै पनि जिन्दगी’ बोलको गीत उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएको एक दिनमै झन्डै एक लाख दर्शकले भिडियो हेरिसकेका छन् ।

रोशन सिंहको लिरिक्स र म्युजिकमा बजारमा ल्याइएको गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।

पछिल्लो समय चौहानको वैवाहिक सम्बन्धको विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको बेला उनले नयाँ गीत ल्याएका हुन् । उनले बाहिर चलेका हल्लाबारे भने कुनै प्रतिक्रिया जनाइसकेकी छैनन् ।