यी
आमा
छिन् सोझी
जान्दिनन् यी
राख्न हिसाब
छिन् असाध्यै राम्री
आमा छिन् दिव्य हाम्री
उनी जान्दछिन् संस्कार
देखाउँछिन् सत्यको बाटो
बोल्नु सत्य भन्थिन् सधैँभरी
नखानु अखाद्य कहिलै
सदा राख्नु सुविचार
गर्नु सेवा सम्मान
बन्छिन् सुशिक्षक
धोबिनी वैद्य
झाक्री धाई
यस्तै छिन्
आमा
यी ।
इन्दिरा छेत्री
उदालगुरी