कविता
प्रेममा परेको मान्छे म मायाकै वाचा गरेको मान्छे म
प्रेमपीडामा जलीजली सधैँ, जिउँदै मरेको मान्छे म !
साँचो माया थियो मेरो मुटु काटेर दिएँ उनीलाई
प्रेमभोगमा रहीरही सधैँ, जिउँदै मरेको मान्छे म !
झुटो माया रहेछ उनको चोट पो दिइन् मलाई
प्रेमरोगमा परीपरी सधैँ, जिउँदै मरेको मान्छे म !!
डम्बर बिकेल