• २०८१ श्रावाण १२ शनिवार

रामप्रसाद कोइरालाको पुस्तक ‘कोल्सल लभः माइ लाइफज जर्नी’ को लोकार्पण

वैशाख ३१ गते पुल्चोकस्थित एलिस कन्फेंसमा आयोजित एक कार्यक्रममा लेखक रामप्रसाद कोइरालाको संस्मरण कृति ‘मेरी उनि र म’ को अंग्रेजी संस्करण ‘कोल्सल लभः माइ लाइफज जर्नी’ सार्वजनिक गरिएको छ ।संयुक्त राष्ट्र संघका अवकाश प्राप्त सहायक महासचिव तथा यूनिसेफका पूर्व उप कार्यकारी निर्देशक निर्देशक कुलचन्द्र गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षाविद् शास्त्रदत्त पन्त, ठाकुरप्रसाद कोइराला, अच्युतप्रसाद धिताल र लेखक रामप्रसाद कोइरालाले संयुक्त रुपमा ‘कोलोसल लभः माइ लाइफज जर्नी’ विमोचन गरेका थिए ।

नेपाली भाषामा लेखिएको प्रकाशित पुस्तक ‘मेरी उनि र म’ को अंग्रेजी अनुवाद कोल्सल लभः माइ लाइफज जर्नी’ सार्वजनिक गरिएको हो । दुवै किताब घोस्ट राइटिंगबाट आएका हुन् । पुस्तकमा लेखक रामप्रसाद कोइरालाको हजुरआमा र आमाप्रतिको माया, सम्मान र समर्पणलाई व्यक्त गरिएको छ । कार्यक्रममा कुलचन्द्र गौतमले भने, ‘मैले यो पुस्तक नेपाली र अङ्ग्रेजीमा एकपटक पनि पढेको होइन, त्यसबेलाको समाजले गरेको विभेदका कारण कानुनले पनि न्याय नपाएर जेल सजाय भोग्नुपरेको रामकी आमालाई । अन्ततः भारतमा निर्वासन जीवन बिताउनु पर्यो, किताब पढ्दा धेरै पटक रोएको छु ।

पुस्तक र रामप्रसाद कोइरालाका बारेमा डा भगवान कोइराला, डा सरोज धिताल, लेखक कमल ढकाल, कवि तथा उपसचिव दुर्गा बन्जाडेले मन्तव्य राखेका थिए । त्यसैगरी मदन पुरस्कार विजेता महेशविक्रम शाहले पुस्तक र रामप्रसाद कोइरालाको बारेमा अभिव्यक्ति दिएका थिए । कार्यक्रममा पूर्व प्र.म डा बाबुराम भट्टराईको मन्तव्य पढेर सुनाइएको थियो । कार्यक्रममा रामप्रसाद कोइरालाको स्वर तथा संगीतमा तीनवटा गीत बजाइएको थियो । ३० वर्ष युनिसेफको विभिन्न कार्यकारी पदमा रहेर विशेषगरी द्वन्द्वग्रस्त मुलुकमा संकटमा परेका नागरिकको सेवामा जीवन बिताएका लेखक कोइराला आफ्नो जीवनको वर्तमान समय लेखनमा सक्रिय छन् ।