समाचार
उफ् ! के गरी सम्हाल्छौ
आफैंले लगाएको आगोले आफ्नै घर जलाएपछि
पुरानो घाउ निको नहुँदै फेरि झन् पलाएपछि।
मञ्जुर छैन,
जिन्दगी भर जलाएको दाग सहुला बरु,
प्रेममा कसरी सहने तिम्ले हात चलाएपछि ।
खरानी बनिसकेका छन् मेरा आशाहरू,
औंला दिन खोज्दा हात नै निल्यौ,
लौरीको भरमा बाँचेको छु मुटु गलाएपछि ।
अँ आज पनि,
मैन बत्तिलाई त्यही धागोले जलायो,
जुन धागोलाई आफूभित्र यसरी सजायो,
रहरले त जे पनि माग्छ
बस् त्यो खुट्टाको दुखाइ उस्तै छ
त्यो चप्पलले त आलो घाउ झन चलायो ।
भीम बिष्ट (भावुक)
सुदूरपश्चिम, कैलाली