कविता-हिन्दी

सभा उठ्यो
जुत्ता छुट्यो
निर्जन हलमा दुई चकित, उदास
धुलाम्य जुत्ता
मुख बाएका जुत्ता
जसको उत्तराधिकारी
कोही थिएन
चौकीदार आयो
उसले देख्यो जुत्ता
अनि ऊ धेरै बेरसम्म त्यहीँ उभिइरह्यो
मुख बाएका जुत्तासामु
सोचिरह्यो…
कति अचम्म
वक्ताहरू सबै गए
अनि सम्पूर्ण विचार विमर्शको अन्त्यमा
जुत्ता बाँकी रह्यो
उनीहरूले शून्य हलमा
जहाँ भन्नुपर्ने अब केही बाँकी थिएन
कति अझै कति अझै
भनिरहे जुत्ताहरू ।
अनुवाद: रमण घिमिरे